शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

कबड्डी लिगमा ड्राफ्टबाट ८४ खेलाडी छनोट

आइतबार, मंसिर ३०, २०८१खेलपाटी संवाददाता
कबड्डी लिगमा ड्राफ्टबाट ८४ खेलाडी छनोट
Classic Tech Internet Ad

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतबार सम्पन्न गरिएको छ। ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेका छन्।

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन्।

विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहरालाई प्रशिक्षक बनाएका छन्। बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षक राखेका छन्। जसमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार छन्।

१९ औं एसियाली खेलकुदमा नेपाली महिला टिमले कांस्यपदक जित्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने सम्भवतः पहिलो नेपाली प्रशिक्षक बन्ने अवसर पाएकी छन् भने भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन्।

प्रशिक्षकपछि मार्की खेलाडी घोषणा गरिँदा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमान्डुमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार परेका छन्। भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुन्।

प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको ड्राफ्ट गरियो। ड्राफ्टमा ९२ जना नेपाली र २५ विदेशी गरी कुल १ सय १७ खेलाडी रहेका थिए। विदेशी खेलाडीमा थाइल्यान्ड, श्रीलंका, बंगलादेश र केन्याका थिए।

प्रशिक्षकहरूले आ–आफ्नो रणनीतिअनुसार ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी लिएका छन्। जसमा ६६ नेपाली र १८ जना विदेशी खेलाडी छन्। प्रत्येक टिममा १४ खेलाडी छन्। हरेक टिमले २ देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले भने, ‘निजी क्षेत्रबाट देशको खेलकुदको लागि ठूलो योगदान भइरहेको छ। ठूला कार्यक्रम आइरहेका छन्। यसमा एनकेएल पनि आएको छ। एनकेएलको सुरुआतले कबड्डीलाई नेपालमा विकास, विस्तार र व्यावसायिकताको मार्गमा लाने विश्वास छ।’

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीले भने, ‘मधेशमा निक्कै लोकप्रिय खेलको रूपमा रहेको कबड्डीलाई हामीले नयाँ उचाइ दिनको लागि एनकेएल ल्याएका छौं। यसले कबड्डी खेलेरै पनि खेलाडीले केही गर्न सक्छ भन्ने देखाउन चाहन्छौं। वास्तवमै हामी कबड्डीलाई एनकेएलमार्फत् व्यावसायिक खेलको रूपमा स्थापित गर्न चाहन्छौं।’

नेपाल कबड्डी लिग (एनकेएल) टिम

टिम प्रशिक्षक मार्की खेलाडी
विराटनगर ब्यान्डिट्स लोकबहादुर विष्ट कल्याण भुजेल
जनकपुर नाइट्स पार्वती राई रामु टमाटा
काठमाडौं माभरिक्स सरोजकुमार सिंह घनश्याम रोका मगर
पोखरा लेकर्स विष्णुदत्त भट्ट प्रदीप मिजार
हिमालयन रेइडर्स सन्दीप पन्त/पोथुगान्ती सतीशकुमार गणेश पार्की
धनगढी वाइल्डक्याट्स महेश बोहोरा पदमबहादुर विष्ट
Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

एनपीएलमा सट्टेबाजी मौलाउँदै

एनपीएलमा सट्टेबाजी मौलाउँदै

Bajaj Pulsar Motorcycle Ad
सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

 एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

एसेजमा १०० विकेट लिने पहिलो बायाँहाते तीव्र बलर बने स्टार्क

चितवनका रिजनलाई कारबाही

चितवनका रिजनलाई कारबाही

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

लगातार दबाबमा पोखरा, सुदूरपश्चिमविरुद्ध पुनरागमनको आश

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा

आर्थिक रूपमा सबल नभएको हाइटी विश्वकपमा