बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

नीरजलाई एकल अग्रता

बिहिबार, मंसिर २७, २०८१खेलपाटी संवाददाता
नीरजलाई एकल अग्रता
Classic Tech Internet Ad

काठमाडौं। साबिक विजेता नीरज तामाङले ४–अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन एकल अग्रता लिएका छन्।

बिहीबारसम्म ५४ होलको खेल सकिँदा नीरजले समग्रमा १०–अन्डर १९४ सहित एमेच्योर सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन्।‌

एमेच्योर सद्भाव पनि बिहीबार ४–अन्डर ६४ स्कोर गर्दै समग्रमा ९–अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए। दोस्रो दिनका लिडर विष्णु प्रसाद शर्माले १–ओभर ६९ को खराब प्रदर्शन गर्दा समग्रमा ६–अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा झरे।

समग्रमा ५– अन्डर १९९ सहित दिनेश प्रजापति चौथो स्थानमा यथावत् रहे। उनले आज १–अन्डर ६७ को स्कोर निकाले। एमेच्योर गल्फर राहुल विके समग्रमा २–अन्डर २०२ सहित पाँचौं स्थानमा रहे। उनले पनि आज १–अन्डर ६७ मा खेल सकाए।

इभन–पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १–अन्डर २०३ सहित छौटौं स्थानमा छन्। नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन–पार २०४ सहित सातौं स्थानमा उक्लिए। उनले तेस्रो दिनको खेल १–अन्डर ६७ मा सकाए। 

समग्रमा २–ओभर २०६ बनाएका वसन्तराज गुरुङ, रामे मगर र प्रदीपकुमार लामा संयुक्त रूपमा आठौं स्थानमा रहे। वसन्त र रामेले ३–अन्डर ६५ र प्रदीपले इभन– पार ६८ को स्कोर दर्ज गरे।

रोयल नेपाल गल्फ क्लबमा नीरज शीर्षस्थानमा उक्लने क्रममा राम्रो सुरुआत गरे। दोस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। नवौं होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन ३–अन्डर ३१ मा पुरा गरे। यसपछि १०औं र ११औं होलमा बर्डी प्रहार गरे भने १२औं‌ होलमा बोगी खेल्दै ब्याक नाइनमा १–अन्डर ३३ को स्कोर निकाले।

सद्भावले बोगीरहित स्कोर कार्ड बनाउने क्रममा कुल चार बर्डी प्रहार गरे। फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन ३–अन्डर ३१ मा सकाए। उनले चौथो, १०, १३ र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे।

विष्णुले फ्रन्ट नाइन १–अन्डर ३३ खेले। उनले पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक/एक सट खेर फाले। ब्याक नाइनमा भने उनले लय गुमाए। १०औं होलमा बर्डी प्रहार गरेपनि १५, १६र १७औं होलमा बोगी खेप्दै २–ओभर ३६ मा सकाए। प्रतियोगिताको अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सडकमा उत्रिँदै फुटबल खेलाडी !

सडकमा उत्रिँदै फुटबल खेलाडी !

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

चित्लाङको विजयी सुरुआत

चित्लाङको विजयी सुरुआत