आइतबार, कार्तिक १७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अनिल र आसिफको कीर्तिमानी साझेदारीमा जनकपुरको लगातार दोस्रो जित

सोमबार, मंसिर १७, २०८१खेलपाटी संवाददाता
अनिल र आसिफको कीर्तिमानी साझेदारीमा जनकपुरको लगातार दोस्रो जित
Classic Tech Internet Ad

काठमाडौं। कप्तान अनिलकुमार साह र मार्की खेलाडी आसिफ सेखबीच पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी हुँदा जनकपुर बोल्ड्सले नेपाल प्रिमियर (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ। सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्समाथि आठ विकेटको जित हात पारेको हो। पहिलो खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले नै पराजित गरेको थियो। 

जितसँगै शीर्ष स्थानको जनकपुरले दुई खेलबाट चार अंक पुर्‍याएको छ। कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याउन जनकपुरलाई खासै समस्या भएन। उसले उक्त लक्ष्य १५.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो।

ओपनरद्वय अनिल र आसिफको पहिलो विकेटका लागि भएको ८४ रनको साझेदारीले नै जनकपुरलाई जितनजिक पुर्‍याएको थियो। एनपिएलमा पहिलो विकेटका लागि भएको यो नै कीर्तिमानी साझेदारी हो।

कर्णालीका यो साझेदारी खतरा बन्दै गइरहेको अवस्थामा लेग स्पिनर मौसम ढकालले १०औं ओभरको चौथो बलमा डिप कभरमा रहेका आसिफलाई ३६ रनमा क्याच आउट गराए। २९ बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। तर, उक्त ब्रेक थ्रुले जनकपुरलाई खासै असर गरेन। त्यसपछि अनिल र लाहिरू मिलान्थले  ३३ रनको साझेदारी गर्दै जनकपुरको स्कोर १२.५ ओभरमा २-११७ को स्थितिमा पुर्‍याए।

त्यसपछि अनिल र जेम्स निसमले इनिङ्सलाई अगाडि बढाउँदै सानदार जित दिलाए। ४२ बल खेलेका अनिल ६ चौका र तीन छक्कासहित ६२ रनमा अविजित रहे। निसमले ८ बलमा दुई चौका र एक छक्कासहित १६ रन बनाए। कर्णालीका जिशन मक्सूद र मौषमले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले तल्लो क्रमका अर्जुन घर्ती र कप्तान सोमपाल कामीको अर्धशतकीय साझेदारीमा १४१ रन बनाएको थियो।

कप्तान सोमपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर, सुरुमा उनको सो निर्णय कर्णालीलाई महँगो सावित भयो। चर्को शुल्क तिरेर ल्याएको भारतीय पूर्वब्याटर शिखर धवन चल्न सकेनन्। ओपनर देव खनाल एक रनमै पभिलियन फर्किए। लगालग विकेट गुमाइरहेको अवस्थामा अर्जुन र सोमपालले अर्धशतकीय साझेदारी गरेपछि कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रन बनाएको हो।  

२२ बल खेलेका अर्जुन दुई चौका र दुई छक्कासित ३३ रन बनाएर आउट भए। सोमपाल १३ बलमा तीन चौका र एक छक्कासहित २९ रन बनाएर अविजित रहे। उनीहरूबीच सातौं विकेटका लागि ५६ रनको विशाल साझेदारी भएको थियो। अर्जुनले १९औं ओभरमा हर्ष ठाकरलाई दुई छक्का र दुई चौका प्रहार गरेका थिए। उक्त ओभरमा उनले ६ बलमै २२ रन जोडे। अर्को ओभरमा सोमपालले निसमको सुरुआती तीन बलमा १४ रन प्रहार गरेपछि कर्णाली मजबुत बनेको थियो। अर्जुन रन आउट भए।

कर्णालीले पावर प्लेमै खराब सुरुआत गरेको थियो। देवलाई ललितनारायण राजवंशीले दुई रनमै बोल्ड गरे। उनी आउट भएसँगै कर्णालीलाई महँगो परेको धवनबाट ठूलो इनिङ्सको आश थियो। तर, नेपाल आउनुभन्दा अगाडि नै चर्चाको शिखरमा रहेका धवन पनि चल्न सकेनन्। १४ बल खेलेका उनी तीन चौकासहित १४ रन खर्चिँदै क्यानेडाली बलर हर्ष ठाकरको बलमा बोल्ड भए। 

पावर प्लेमै दुई ओपनर गुमाएपछि कर्णाली दबाबमा परेको थियो। इनिङ्स सम्हाल्दै दरिलो ब्याटिङ गर्नुपर्ने बेला चाड्विक वाल्टन, बाबर र जिशन मक्सूदले पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन्। जमैकन ब्याटर वाल्टन आठ रनमा मोहम्मद मोहिसिनबाट बोल्ड भए। हङकङका ब्याटर हायातलाई मोहिसिनले नै जिम्मी निसमबाट क्याच आउट गराए। निसम आइतबार मात्रै नेपाल आइपुगेका थिए। 

लगातार विकेट गुमिरहेको अवस्थामा गुल्शनकुमार झाले कर्णालीको इनिङ्सलाई अगाडि बढाउने प्रयास गरे। स्लो पिचमा २७ बलको सामना गरेका उनले एक चौका र तीन छक्कासहित ३६ रन बनाए। उनी किशोर महतोबाट बोल्ड भए। गुल्शनको स्कोर नै यो इनिङ्सको उच्च रह्यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

Bajaj Pulsar Motorcycle Ad
रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

एरिका सम्मानित

एरिका सम्मानित

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

कीर्तिमान बनाउन २ रनले चुके रोहित

कीर्तिमान बनाउन २ रनले चुके रोहित

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक