काठमाडौं। चेम्निज ओपन कराते प्रतियोगितामा नेपाली खेलाडीले २ कांस्य पदक जितेका छन् ।
जर्मनीमा नोभेम्बर ३० तारिखमा भएको प्रतियोगिताको पुरुष यु–१४ उमेरसमूहको ४० केजीमुनि रेगन घले र यु–२१ उमेरसमूहको ६० केजीमुनि विकास घर्तीले कांस्य जिते ।
सन् २०२१ को चेम्जिन ओपनमा स्वर्ण र कांस्य जितेका सुमन तिमल्सिना टोलीको प्रशिक्षक हुन् । अन्तर्राष्ट्रिय निर्णायक महेश महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।