बंगलादेशविरुद्ध नेपालले कटायो १०० रन
आइतबार, १६ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एसिसी यु–१९ एसिया कपमा बंगलादेशविरुद्ध १०० रन कटाएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशका कप्तान अजिजुल हाकिमले टस जित्दै नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका थिए। तर, नेपाल ब्याटिङमा संघर्ष गर्न पुग्यो।
नेपालले १०० रन कटाउन ३७ ओभरसम्म पर्खिन पर्यो भने सात विकेट गुमायो। ३७औं ओभरको चौथो बलमा हाकिममाथि छक्का प्रहार गर्दै अभिषेक तिवारीले नेपालको स्कोर्ड बोर्डमा १०० रन पुर्याएका थिए।
उनी १३ र उत्तम रंगु थापामगर २४ रनको व्यक्तिगत स्कोरमा खेल्दैछन्। नेपालले ४० ओभरमा सात विकेट गुमाएर ११६ रन बनाएको छ।






%20(1)-1776682838956.jpeg&w=3840&q=75)



-1776674878523.webp&w=3840&q=75)

