भारतविरुद्धको दोस्रो टेस्ट खेल्ने अस्ट्रेलियाली टोलीमा छैन परिवर्तन

काठमाडौं। अस्ट्रेलियाले डिसेम्बर ६ देखि एडिलेडमा हुने डे–नाइट टेस्टका लागि १३ सदस्यीय टोलीमा कुनै परिवर्तन गरेको छैन। टोलीका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले यसको पुष्टि गर्दै अलराउन्डर मिचेल मार्सको फिटनेसमा केही शंका रहेको बताए। तर, दोस्रो टेस्ट सुरु हुन अझै १० दिन बाँकी छ।
पर्थ टेस्टमा भारतसँगको अस्ट्रेलियाली टोली २९५ रनको ठूलो अन्तरले पराजित भएको थियो । मार्स फिट नभए जोस इङ्गल्सले उनको स्थान सम्हाल्ने छन्।
मार्सले पर्थ टेस्टमा १७ ओभर बलिङ गरेका थिए। जुन उनले पछिल्लो तीन वर्षमा एक खेलमा गरेको सबैभन्दा धेरै ओभर हो। उनले पछिल्लो आठ महिनामा चार ओभर मात्र बलिङ गरेका थिए।
अस्ट्रेलियाले पर्थमा १६ विकेट मात्रै लिन सकेको थियो। भारतीय बलरले अस्ट्रेलियालाई १०४ र २३८ रनमा अलआउट गरेका थिए। म्याकडोनाल्डले भने, ‘मलाई यो हाम्रो कमजोरी हो जस्तो लाग्दैन। पहिलो इनिङ्समा बलिङ पनि सन्तोषजनक थियो।’





-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)



%20(1)-1776682838956.jpeg&w=3840&q=75)
