साढे १२ करोडमा राजस्थान फर्किए आर्चर
आइतबार, ०९ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चर राजस्थान रोयल्समा फर्किएका छन्।
साउदी अरबको जेद्दाहमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा उनलाई राजस्थानले १२ करोड ५० लाख भारुमा किनेको हो। उनको आधार मूल्य दुई करोड थियो। सन् २०२० सिजनमा उनले राजस्थानका लागि १४ खेलमा २० विकेट लिएका थिए। उक्त सिजन सबैभन्दा मूल्यवान खेलाडी थिए।
उनको नाम गत हप्ताको अन्त्यमा फ्रेन्चाइजीहरूलाई पठाइएको सर्टलिस्टमा थिएन। बिहीबार सूचीमा आर्चरलाई अनौपचारिक रूपमा समेटिएको हो।
मुम्बई इन्डियन्सले सन् २०२२ को मेगा अक्सनमा आर्चरमा आठ करोड भारुमा भित्र्याएको थियो। तर, उनी त्यो सिजन खेल्नका लागि फिट थिएनन्। आर्चरले सन् २०२३ मा मुम्बई इन्डियन्सका लागि पाँच खेल खेलेका थिए र दुई विकेट लिए।





-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)




-1776687524253.jpeg&w=3840&q=75)
