मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपको बोर्ड बैठक शुक्रबार

आइतबार, ०९ मंसिर २०८१खेलपाटी संवाददाता
राखेपको बोर्ड बैठक शुक्रबार
Loading ad...
mustang rice ad

काठमाडौं।  नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक यसै साता बस्ने भएको छ ।

 राष्ट्रिय खेलकुद विकास ऐन २०७३ को दफा १० को उपदफा (२) र (३) बमोजिम ११८ औं बोर्ड बैठक शुक्रबार बस्न लागिएको हो। नेपाली कांग्रेसबाट युवा तथा खेलकुदमन्त्रीको पद सम्हालेका तेजुलाल चौधरीले आफ्नो कार्यकालमा पहिलोपल्ट बैठक आह्वान गरेका हुन्।

राखेपको बोर्ड बैठक १४ महिनापछि बस्न लागेको हो । वर्षमा कम्तिमा दुई पटक बोर्ड बैठक बस्ने कानुनी व्यवस्था भएपनि बैठक बस्न सकेको थिएन ।

वर्तमान खेलकुद मन्त्री तेजुलाल चौधरीले आफु अनुकुल समिकरण नबनेपछि बोर्ड बैठक टार्दै आएका थिए । राखेपको बोर्ड बैठक बोलाउन चौतर्फी दबाब बढेपछि अन्तत खेलकुद मन्त्री बैठक बोलाउने निष्कर्शमा पुगेका हुन् । 

लामो समय बैठक नबस्दा राखेपकै बोर्ड सदस्यले सार्वजनीक रुपमा असन्तुष्टि पोख्न थालेका थिए भने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवहरुले समेत औपचारिक पत्र लेख्दै बैठकको माग गर्न थालेका थिए । 

खेलकुद मन्त्रालय सम्हालेपछि काम भन्दा विवादमा देखिएका खेलकुद मन्त्रीले खासै जिम्मेवारी सम्हाल्न सकेका छैनन् । 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समयमै गर्न चुकेका मन्त्री चौधरीले मन्त्रालयको रुपमा कुनै नयाँ काम अघि बढाउन सकेका छैनन् । जिम्मेवारीको हिसाबले उनले राखेपकै उपाध्यक्ष ल्याउन सकेका छैनन् भने रिक्त बोर्ड सदस्यको पदपुर्ती समेत गर्न सकेका छैनन् । खेलकुद विकास ऐन विपरित नेपाल ओलम्पिक कमिटिले विधान संशोधन गरेर निर्वाचन गर्न खोजेपनि सरकार र मन्त्रालयको भुमिका प्रतिक्रिया विहीन देखिन्छ । 

बैठकमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ संशोधन, प्रथम पारा राष्ट्रिय खेलकुद र विश्वविद्यालय खेलकुद सम्बन्धमा छलफल हुने अजेन्डा राखिएको छ। 

यस्तै, जुनियर विद्यालय खेलकुद प्रतियोगिता कार्यविधि, राष्ट्रपति रनिङ्ग शिल्ड, राखेप विनियमावली, राष्ट्रिय खेलकुद परिषद् कर्मचारीहरूको सेवाका शर्त र सुविधासम्बन्धी विनियमावली, २०५०, आर्थिक प्रशासनसम्बन्धी विनियमावली २०६१ लगायतमा पनि छलफल हुने बताइएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा चार परिवर्तन

दोस्रो खेलमा चार परिवर्तन

नेपालले टस जित्यो

नेपालले टस जित्यो

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

सिनियर टोलीमा सन्तोषको डेब्यु

सिनियर टोलीमा सन्तोषको डेब्यु

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई