ऋषभ बने आइपिएल इतिहासकै महँगा क्रिकेटर

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनमा श्रेयस अय्यरको कीर्तिमान तोड्दै ऋषभ पन्तले इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन्।
साउदी अरबको जेद्दाहमा जारी मेगा अक्सनमा श्रेयसलाई पञ्जाब किंग्सले कीर्तिमानी २६ करोड ७५ लाख भारुमा किनेको थियो। त्यस अर्थमा उनी सबैभन्दा महँगा क्रिकेटर बनेका थिए। तर, उक्त कीर्तिमान आधा घण्टा पनि कायम रहेन। लखनऊ सुपर जायन्ट्सले पन्तलाई २७ करोड भित्र्यायो।
केएल राहुल बाहिरिएसँगै लखनऊ कप्तानको खोजिमा थियो। त्यसैले लखनाऊले नै ओपनिङ बिड लगाएको थियो। उनलाई भित्र्याउन रोयल च्यालेन्जर्स बैंग्लोर पनि इच्छुक देखिएको थियो। तर, बैंग्लोर ११ करोड ३५ लाखभन्दा माथि जान चाहेन। त्यसपछि हैदरावाद बिडमा होमिएको थियो।
तर, हैदराबाद २० करोड ५० लाखभन्दा माथि जान चाहेन। लखनऊले उनलाई २० करोड ७५ लाखमै आफ्नो बनाइसकेको थियो। तर, दिल्लीले राइट टु म्याच कार्ड (आरटिएम) प्रयोग गर्यो। फाइनल बिडमा लखनउले पन्तमाथि २७ करोडको बोलि लगाउँदै आफ्नो बनायो।





-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)




-1776687524253.jpeg&w=3840&q=75)
