भारतसँग अस्ट्रेलिया ८३ रनले पछाडी

काठमाडौं। भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेस्ट शृंखलाको पहिलो खेल पर्थमा जारी छ। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोली १५० रनमा समेटिएको थियो। न्युजिल्यान्डविरुद्धको क्लिन स्वीपपछि भारतीय टिम फेरि धराशायी हुने देखिएको थियो।
तर, अस्ट्रेलियाको पहिलो इनिङ्स झनै खराब रह्यो। अहिलेसम्म कुनै पनि ब्याट्सम्यान २० रनभन्दा माथि जान सकेका छैनन्। जसप्रित बुमराहको कप्तानीमा रहेको भारतीय तीव्र गतिका बलरले अस्ट्रेलियाको पहिलो इनिङ्समा ६७ रनमा सात विकेट गुमाइसकेका छन्। र, अस्ट्रेलिया अझै ८३ रनले पछि छ।
बुमराहले अहिलेसम्म चार विकेट लिइसकेका छन्। जसमा उस्मान ख्वाजा, नाथन म्याकस्वीनी, स्टिभ स्मिथ र प्याट कमिन्सको विकेट समावेश छ। स्मिथ गोल्डेन डकको सिकार भए।
योसँगै बुमराहले विशेष रेकर्ड पनि बनाएका छन्। स्मिथलाई टेस्टमा गोल्डेन डकको सिकार बनाउने उनी दोस्रो बलर बनेका छन्। यसअघि सन् २०१४ मा डेल स्टेनले पोर्ट एलिजाबेथमा यस्तो गरेका थिए। १० वर्षपछि बुमराहले पर्थ उनलाई गोल्डेन डक आउट गरे।
लाबुशेनले ५२ बलमा २ रन मात्र बनाए। लाबुशेनले ५० बलको सामना गर्दै बनाएको दुई रन सबैभन्दा कम रन हो। यसअघि सन् २०२३ मा इङ्ल्यान्डविरुद्ध ओभलमा पाँच रन बनाएका थिए। सन् १९८० पछि दोस्रो पटक अस्ट्रेलियाले घरेलु टेस्टको एक इनिङ्समा ४० रन नपुग्दै आफ्नो पहिलो पाँच विकेट गुमाएको छ। यसअघि सन् २०१६ मा होबार्टमा दक्षिण अफ्रिकाविरुद्ध १७ रन बनाउँदा पाँच विकेट गुमाएको थियो।





-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)




-1776687524253.jpeg&w=3840&q=75)
