रोहितले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट गुमाउने

काठमाडौं। भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आफ्नो नवजात शिशुसँग समय बिताउने भएपछि एडिलेडमा हुने अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन्।
त्यसैले उनको स्थानमा ओपनिङ गर्न आफू तयार रहेको संकेत गर्दै केएल राहुलले आइतबार नेट्समा ब्याटिंग गरेका छन्। रोहितको अनुपस्थितिमा तीव्र गतिका बलर जसप्रित बुमराहले टोलीको नेतृत्व गर्नेछन्।
बोर्डर–गावस्कर ट्रफीअन्तर्गत अस्ट्रेलियाविरुद्धको पाँच टेस्टको शृंखलाको पहिलो खेल नोभेम्बर २२ देखि अप्टस स्टेडियममा सुरु हुनेछ भने दोस्रो टेस्ट डिसेम्बर ६ देखि एडिलेडमा हुनेछ। राहुल र यशस्वी जयसवालले ओपनिङ गर्ने सम्भावना छ। आइतबार ३२ वर्षीय राहुलले बिना कुनै समस्या ब्याटिङ गरे र तीन घण्टाको नेट सेसनमा सबै प्रकारका अभ्यासमा भाग लिए।
यसैबीच भारतीय टिम व्यवस्थापनले शीर्ष क्रमका ब्याट्सम्यान देवदत्त पडिक्कललाई ब्याटिङ ‘ब्याकअप’ मा राख्ने निर्णय गरेको छ। देवदत्त हालै भारत ‘ए’ टिमका सदस्य थिए, जसले अस्ट्रेलियाविरुद्ध दुई चार दिवसीय खेल खेलेका थिए।
बायाँ हाते ब्याट्सम्यानलाई हालै सैयद मुश्ताक अली ट्रफीको लागि कर्नाटकको टोलीमा छनोट गरिएको थियो। उनले ‘ए’ टुरमा ३६, ८८, २६ र १ रन बनाए। भारत ‘ए’ टिममा तीन तीव्र गतिका बलर मुकेश कुमार, खलील अहमद र नवदीप सैनी थिए। पछिल्लो अस्ट्रेलिया भ्रमणका क्रममा सिड्नी र ब्रिसबेनमा खेलेका सैनीले अहिलेसम्म परम्परागत फर्म्याटमा दुई खेल मात्र खेलेका छन्।
२४ वर्षीय देवदत्तले यसै वर्षको सुरुमा धर्मशालामा इङ्ल्यान्डविरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। चौथो नम्बरमा ब्याटिङ गर्दै ६५ रन बनाएका थिए।





-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)




-1776687524253.jpeg&w=3840&q=75)