दयाहाङ विराटनगर किंग्सको ‘गुडविल’ एम्बासडर
आइतबार, मंसिर २, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नायक दयाहाङ राई विराटनगर किंग्सको ‘गुडविल’ एम्बासडर नियुक्त भएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइजीले आइतबार उनलाई एम्बासडरमा नियुक्त गरेको हो। विराटनगरमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी छन्।
यस्तै, मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओब्राइन छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजना हुने पहिलो संस्करणको एनपिएल मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुनेछ।















