एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने
शुक्रबार, ३० कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार भारतीय च्यानललाई प्रत्यक्ष प्रसारणको जिम्मेवारी दिएको जनाएको हो। क्यानका सचिव पारस खड्काका अनुसार प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिइसकेको छ।
क्यानको आफ्नै आयोजनामा एनपिएल मंसिर १५ गतेदेखि सुरु हुँदै छ । प्रतियोगितामा काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स विराटनगर किंग्स, जनकपुर बोल्ड्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सले सहभागिता जनाउने छन्।





-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)




-1776687524253.jpeg&w=3840&q=75)