महासंघको प्रांगणमा फोटो पत्रकार केसीको शोकसभा

काठमाडौं। फोटो पत्रकार क्लबका संस्थापक सदस्य तथा पूर्वकोषाध्यक्ष दिवंगत राजेन्द्र केसीको १३औं पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघको प्रांगणमा दिवंगत आत्माको चिरशान्तिका लागि शोकसभा र दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
मेटास्टेटिक म्यालिग्नन्ट प्यानक्रियाटिक क्यान्सरको उपचारका क्रममा निधन भएका केसीको सम्झनामा आयोजित कार्यक्रममा नेपाली पत्रकारिता र फोटो पत्रकारिता क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
शोक सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, नेपाल पत्रकार महासंघ लेखा समितिका अध्यक्ष लेखनाथ न्यौपाने, महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, खेलकुद खेलाडी संघका अध्यक्ष विक्रम लामा, एआईपीएस एसियाका कोषाध्यक्ष निरन्जन रजवंशी, खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष महेश आचार्य, खेलकुद पत्रका मञ्चका महासचिव प्रज्वल वली, परिवारका तर्फबाट वरिष्ठ फोटोपत्रकार विकास रौनियार, एफएनजे उपत्यका प्रदेशका महासचिव टेनिस रोक्का, र एफएनजे ललितपुरका सचिव रामहरी कार्कीलगायत फोटोपत्रकार क्लबका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको प्रारम्भमा सबै सहभागीले एक मिनेटको मौन धारण गरी दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने उपस्थित फोटो पत्रकारहरूले आफ्नो क्यामरा डाउन गर्दै केसीको सम्मानमा गहिरो श्रद्धासुमन व्यक्त गरे।
करीब दुई दशकसम्म राजधानी दैनिक, अन्नपूर्ण पोस्ट लगायत विभिन्न सञ्चार गृहमा फोटो पत्रकारितामा समर्पित रहेका स्व. केसी पछिल्ला ६ वर्षदेखि अमेरिकामा रहेर आफ्नो क्षेत्रमै क्रियाशील रहेका थिए।







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)





