पारस भन्छन्– एनपिएलमा म्याच फिक्सिङ हुन दिन्नाैं
1638161300.jpg&w=3840&q=75)
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)मा म्याच फिक्सिङ हुन नदिने वाचा गरेका छन्। घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन्।
सोमवार पत्रकार सम्मेलन सम्मेलन गर्दै म्याच फिक्सिङका घटना रोक्न क्यानले विशेष तयारी गरेको सुनाए। क्यानले आफ्नो आधिकारिक फ्रेन्चाइज लिगको रुपमा नेपाल प्रिमियर लिगको नयाँ संस्करण घोषणा गरेको हो।
यसअघि घोषणा गरिएको नेपाल टी–२० लिगको च्याप्टर क्लोज गर्दै क्यानले एनपिएलको नयाँ सिजन सार्वजनीक गरेको हो। त्यसअघि भारतीय कम्पनीसँगको साझेदारीमा गरिएको नेपाल टी–२० लिगमा फिक्सिङ भएको थियो।
‘एनपिएलमा सहभागी आठ वटा फ्रेन्चाइज टोलीमा नेपाल प्रहरीबाट खटाइएका एक जना सेक्युरिटी लियाजन अफिसरले २४ सै घन्टा निगरानी राख्ने छन्,’ उनले भने।
यसबाहेक क्यानसँग आफ्नै एन्टी करप्सन युनिट रहेको उनले जानकारी दिए। उक्त युनिटले मैदानसँगै मैदानबाहिर निगरानीमा राख्ने उनको भनाइ छ।










-1762856022963.jpg&w=3840&q=75)




