हेमन्त धामीको कप्तानीमा नेपालले एसीसी यु–१९ एसिया कप खेल्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यु–१९ पुरुष एसिया कपमा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको छ।
क्यानले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्सीय टोली घोषणा गरेको हो। टोलीको मुख्य प्रशिक्षकमा पूर्वअलराउन्डर शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन्।
यु–१९ एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुनेछ । नेपालले नोभेम्बर २९ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपाल रहेको समूह ‘बी’ मा श्रीलंकासँगै साबिक विजेता बंगलादेश र अफगानिस्तान पनि छ। अर्को समूहमा भारत, पाकिस्तान, आयोजक युएई र जापान छन् ।
नेपालले समूह चरणको दोस्रो खेल डिसेम्बर १ मा बंगलादेशसँग खेल्नेछ भने त्यसको दुई दिनपछि अफगानिस्तानसँग खेल्नेछ । प्रत्येक समूहबाट समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुनेछ ।
गत वर्षको डिसेम्बरमा भएको फाइनलमा युएईलाई १९५ रनले पराजित गर्दै बंगलादेशले पहिलो पटक यु–१९ एसिया कपको उपाधि जितेको थियो ।
एसीसी यु–१९ प्रिमियर कपको विजेताका रुपमा नेपाल एसिया कपमा छनोट भएको हो। नेपाली टोलीले लगातार नवौं पटक एसिया कपमा सहभागिता जनाउन लागेको हो ।







-1776781891908.jpeg&w=3840&q=75)

-1776931409919.jpeg&w=3840&q=75)





