युएईले नेपाललाई दियो १२३ रनको लक्ष्य
शनिबार, कार्तिक २४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। युएईकी रिनिथा रजित अर्धशतकबाट दुई रनले चुकेसँगै नेपालले आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा १२३ रनको लक्ष्य पाएको छ।
अजमानको द सेभेन स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२२ रन बनाएको हो।
युएईकी रिनिथाले सर्वाधिक ४८ रन बनाइन्। ३३ बल खेलेकी उनले पाँच चौका र दुई छक्का प्रहार गरिन्। ओपनर लावन्या केनी २० र इन्धुजा नन्दकुमारले १२ रनको योगदान दिइन्। अन्यको प्रदर्शन उत्साहजनक हुन सकेन।
नेपालकी रिया शर्माले सर्वाधिक तीन विकेट लिइन्। पुजा महतो, करिष्मा गुरु र सीमा केसीको नाममा समान एक विकेट रह्यो।















