ओमानविरुद्धको युएई ७८ रनमै अलआउट
बिहिबार, कार्तिक २२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) आइसिसी विश्वकप लिग २ मा ७८ रनमै समेटिएको छ। अल इमिरेट क्रिकेट मैदानमा टस हारेर ओमानविरुद्ध पहिला ब्याटिङ थालेको युएईले २५.३ ओभरमा सबै विकेट गुमाएको हो।
ओडीआईमा युएईको यो दोस्रो सबैभन्दा कम रन हो। यसअघि कीर्तिपुरमा गत मार्चमा भएको खेलमा नेपालले युएईलाई ७१ रनमै समेटेको थियो।













