कुवेतलाई नेपालले दियो १३१ रनको लक्ष्य
बिहिबार, कार्तिक २२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) को अजमनमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३० रन बनाएको हो।
नेपालकी कप्तान पुजा महत्तोले सर्वाधिक ३४ रन बनाइन्। ३८ बल खेलेकी उनले चार चौका प्रहार गरिन्। ओपनर साना प्रभिन २५, ज्योत्सनिका मरासिनी २३ र अलिशाकुमारी यादव १५ रनमा आउट भइन्। अन्यको प्रदर्शन राम्रो हुन सकेन।
कुवेतकी इकवाल पेवेकरले सर्वाधिक दुई विकेट लिइन्। जेफा जिलानी र अमिषा रामको नाममा समान एक विकेट रह्यो।















