मुस्तफाले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्ने
२०२४ नोभेम्बर ५, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं। युएईका अलराउन्डर रोहन मुस्तफाले सुदुरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।
यूएईको कप्तानीसमेत गरिसकेका ३६ वर्षीय रोहनले नेपाली समर्थकमाझ लोकप्रिय छन्। उनले ओडीआई र टि२०आईमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका छन् । बायाँ हाते ब्याटर उनले ५८ टि२०आईमा एक हजारमाथि रन जोड्नुका साथै २१ को औसतमा ६१ विकेट पनि लिएका छन्। अफ स्पिनर उनको ७ रनप्रति ओभरभन्दा कमको इकोनोमी छ ।
एकै ओडीआईमा शतक प्रहार गर्नुका साथै पाँच विकेट लिने दुर्लभ कीर्तिमान पनि उनको नाममा छ ।