क्यानडाले जित्यो ट्वान्टी–२० त्रिकोणात्मक सिरिज
शुक्रबार, १८ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। ओमानलाई पराजित गर्दै घरेलु टोलीले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिज जितेको छ।
शुक्रबार बिहान भएको खेलमा क्यानडाले पाँच विकेटको जित हात पारेको हो। दुवै खेलमा नेपाललाई पराजित गरेको क्यानडाले यसअघि नै चार अंक जोडिसकेको थियो।
तर, अन्तिम खेलमा ओमानलाई पराजित गर्दै क्यानडा ६ अंकसहित शीर्ष स्थानमा रहँदै विजेता बनेको हो।
दुवै खेलमा ओमानलाई हराएको नेपालले चार अंक जोड्यो। क्यानडालाई पहिलो खेलमा हराएको ओमानले भने दुई अंकमै चित्त बुझायो।







%20(1)-1771145193825.jpeg&w=3840&q=75)



-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)
