पटवाल चितवन राइनोजको मुख्य प्रशिक्षक
बुधबार, असोज १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक उमेश पटवाल नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी चितवन राइनोजको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
चितवन मेडिकल स्वामित्वमा रहेको टोलीले पटवाललाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको बुधबार जानकारी दिएको हो। यसअघि पनि उनले नेपालका फ्रेन्चइजी प्रतियोगितामा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्। एभरेस्ट प्रियिमर लिग (इपिएल) उनी पोखरा राइनोजको प्रशिक्षक थिए।
टोलीमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्ल मार्की खेलाडी छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने एनपिएलमा चितवनसहित विराटनगर किंग्स, जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन्।















