जित्नै पर्ने दबाबमा नेपाल
बुधबार, असोज १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको चौथो खेलमा ओमानसँग नेपाल भिड्दैछ। किङ सिटीमा बुधबार हुने खेल राति ९:४५ बजे हुनेछ।
शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो। क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो।
तर, सोमबार बिहान भएको दोस्रो खेलमा गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनसँगै नेपालले ओमानलाई ३७ रनले पराजित गर्दै सिरिजमा पुनरागमन गरेको थियो। यद्यपि, मंगलबार भएको खेलमा भने नेपाल क्यानडासँग चार विकेटले पराजित हुन पुग्यो।
फाइनलको सम्भावना जिवित राख्न नेपाल यो खेल जित्नै पर्ने दबाबमा छ। ओमानले भने योबाहेक अर्को एक खेल खेल्न बाँकी नै छ।










%20(1)-1761905198112.png&w=3840&q=75)



