भिक्टरको निर्णायक गोलमा लेभरकुजेन विजयी
बुधबार, १६ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। भिक्टर बोनिफेसको निर्णायक गोलसँगै बायर लेभरकुजेनले च्याम्पियन लिगमा एसी मिलानमाथि संघर्षपूर्ण जित हात पारेको छ।
घरेलु मैदानमा बिहीबार राति भएको खेलमा लेभरकुजेनले मिलानलाई १–० ले पराजित गरेको हो। जितसँगै तेस्रो स्थानको लेभरकुजेनले दुई खेलबाट ६ अंक जोडेको छ। मिलान भने अंकविहीन छ।
२१औं मिनेटमै भिक्टरले गोल गरेका थिए। तर, भिएआरले उक्त गोललाई मान्यात दिएन। तर, जेरेमी फ्रिमपोङको क्रसमा ५१औं मिनेटमा उनले गरेको गोल भने निर्णायक बन्यो।















