• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
जसले जितको खुसी साट्न पाएनन्
अर्जुन काफ्ले
आइतबार, असोज ६, २०८१ अर्जुन काफ्ले
जसले जितको खुसी साट्न पाएनन्

मोरङ। बुधबार बिहानै सनसनी रूपमा खबर फैलियो- शारीरिक सुगठनका खेलाडी प्रकाश राई रहेनन्।

केहीले अपुष्ट गरी सामाजिक सञ्जालमै राखेका थिए। धेरैका लागि खबर अपत्यारिलो नै थियो। जब प्रकाशका दाजु प्रदीप ले यस घटनाको पुष्टि गरे तब खबरलाई पत्याउन करै लाग्यो। शारीरिक सुगठनका खेलाडी प्रकाशको हृदयाघातका कारण निधन भएको पुष्टि भयो। 

मिस्टर काठमाडौंमा प्रतिस्पर्धामा राजधानी पुगेका उनले शनिबार मात्र उपाधि जितेका थिए। उनको जितको खुसीमा गृहनगर पथरीशनिश्चरे रमेको थियो। उनलाई गृहनगरमा भव्य स्वागत गर्ने कार्यक्रम पनि बनेको थियो। अकस्मात् हृदयाघातका कारण काठमाडौंको ग्राण्डी अस्पतालमा उनको उपचार भइरहेको र केही समयपछि नै मृत्यु भएको खबरले खुसीलाई एकएक शोकले ढाक्यो। 

शनिबार बिहान निवासमा ल्याइएको प्रकाशको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिने र मलामी जानेको संख्या बाक्लिँदै थियो। कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी र प्रदेश राज्यमन्त्री सिर्जना राई प्रकाश राईको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन आइपुगे। मन्त्री अधिकारीले राईको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान गरे। मन्त्री र राज्यमन्त्री बाहेक पथरीशनिश्चरे नगरका नगर प्रमुख, विभिन्न वडाका वडा अध्यक्षदेखि खेल क्षेत्रका प्रतिनिधिको बाक्लो उपस्थिति थियो, पथरीबजारमा। 

राष्ट्रिय रूपमा आयोजना हुने शारीरिक सुगठनका प्रतियोगितामा प्राप्त गरेका मेडल र पुरस्कार उनको शवको वरिपरि राखिएको थियो। शव यात्राअघि उनको घरमै भएको श्रद्धाञ्जली सभामा पाँच हजारभन्दा बढी स्थानीयवासी र खेल सम्बद्ध व्याक्ति सहभागी भए। 

करिब ११ बजेबाट सुरू गरिएको अन्तिम शवयात्रा पथरी बजार परिक्रममा गरेर पश्चिमको जंगल उत्तरतर्फ पुगेर टुङगियो। शव यात्रामा पनि त्यति नै संख्याको उपस्थिति रहेको थियो। पथरी बजारमा आएका उनका शुभचिन्तक र मलामीको भिडले केहीबेर महेन्द्र राजमार्गको ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे पर्‍यो। 

राईको निधन प्रति दुख व्यक्त गर्दै पथरीशनिश्चरे नगरले उनको शोकमा एक दिनको शोक बिदासमेत दिएको छ। ‘पथरीशनिश्चरे नगरबाट शारीरिक सुगठन खेलका माध्यमबाट नगरकै नाम राख्न सफल भएको भन्दै उनको सम्मानमा कार्यक्रम गर्ने तय गरेको थियो। तर, उनको निधनमा शोक बिदा दिन पुग्यो,’ नगर प्रवक्ता नविनजंग कार्कीले भने, ‘यो घटनाले नगर मात्र नभई देशले नै एउटा प्रतिभा गुमाएको छ।’

राईले यसअघि पनि उपाधि जितेपछि पथरी नगरमा उनको सम्मानमा कार्यक्रम हुने गरेको थियो। यस पटक पनि उनको सम्मानको कार्यक्रम विभिन्न फिटनेस क्लबले समेत राखेका थिए। तर, उनको सम्मानमा तय गरिएका कार्यक्रम नभई उनको अन्तिम बिदाइ गर्न पुगे, नगरवासीहरू। 

बुधबार बिहान निधन भएका राईको शवलाई शुक्रबार हेलिकप्टरबाट ल्याउने तयारी गरिए पनि प्राविधिक कारण उनको शव थल मार्गबाट पथरी बजारमा ल्याइएको थियो। बिहान नै शारीरिक सुगठनका विभिन्न फिटनेस क्लबका सदस्यहरू उनको शवलाई श्रद्धाञ्जली दिन लाम लागिसकेका थिए। हालै मात्र मिस्टर काठमाडौंको उपाधि जितेपछि उनको चर्चा शिखरमा पुगेका थिए। 

 

सन् २००१ मा उर्लाबारीमा मिस्टर उर्लाबारी जितेसँगै उनले विभिन्न शारीरिक सुगठन प्रतियोगिताका उपाधि जित्न पुगे। करिब १२ वर्ष मकाउमा रोजगारीका क्रममा रहेका राईले त्यहाँ पनि खेललाई निरन्तरता दिए। २०३६ सालमा जन्मिएका राई हाल भने पथरीशनिश्चरेलाई नै आधार बनाएर शारीरिक सुगठनका प्रतियोगितामा सहभागी हुँदै आएका थिए। पूर्वीमोरङ क्षेत्रका शारीरिक सुगठनका खेलाडीको उत्प्रेरकको रूपमा रहेका उनको निधनले ठूलो क्षति भएको पथरी फिटनेस क्लबका गणेश नेपाली बताउँछन्। 

‘एक सदस्य गुमाउँदा नगरले एउटा खेल क्षेत्रको उदाउँदो प्रतिभा गुमाएको छ,’ नगरका प्रवक्ता कार्कीले भने। सम्मान कार्यक्रम तय गरिएको एउटा खेलाडीको अन्तिम संस्कार गर्न पुग्दा नगरवासीसमेत भावविह्वल देखिन्थे।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP