बिहिबार, मंसिर १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

भिजनलाई आईओएफटीसीको सम्मान

शनिबार, २९ भाद्र २०८१खेलपाटी संवाददाता
भिजनलाई आईओएफटीसीको सम्मान
Classic Tech Internet Ad

काठमाडौं। अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पिन्सिप (आईओएफटीसी) ले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपका स्वर्ण विजेता नेपालका भिजन तामाङलाई १ लाख नगदसहित सम्मान गरेको छ । 

सोही अवसरमा युएस वल्र्ड क्लास होलीउड तेक्वान्दो एसोसिएसनका खेलाडी सेल्बा ताम्राकारले उपलब्ध गराएको २ सय अमेरिकी डलर पनि भिजनलाई प्रदान गरिएको थियो । 

आईओएफटीसीको आयोजनामा दक्षिण कोरियाको सिओलमा गत अगष्ट २३ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा भिजनले पुरुष ४० केजीमुनि स्वर्ण जितेका थिए । उनले सेमिफाइनलमा अमेरिका तथा फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गरेका थिए । उक्त प्रतियोगितामा नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुन् । भिजन प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

समग्रमा भिजनको यो दोश्रो अन्तर्राष्ट्रिय स्वर्ण हो । यसअघि भिजनले थाइल्यान्डमा भएको प्रतियोगितामा स्वर्ण जितेका थिए । विभिन्न घरेलु प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीका भिजनले २१ स्वर्ण जितेका छन् । भिजनको प्रतिभाको कदर गर्दै सम्मान गरिएको आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जनाएका छन् ।

सोही प्रतियोगितामा उत्कृष्ट निर्णायक बनेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई पनि नगद २५ हजारसहित सम्मान गरिएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा अशोक उत्कृष्ट निर्णायक भएको यो १४ औं पटक हो । उनले करिब ४० अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

आईओएफटीसीका लागि खेलाडी छनोट गर्न नेपालमै गत बैशाखमा भएको चौथो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा संयोजकको भूमिका निर्वाह गरेका वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । सोही अवसरमा भारतमा भएको १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताको भेट्रानमा स्वर्ण जितेका राज मन्दिर श्रेष्ठ पनि प्रशंसा पत्रसहित सम्मानित भए ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सो अवसरमा आईओएफटीसी नेपाल च्याप्टरका अध्यक्ष मिनप्रसाद खनाल र सचिव गिरीबहादुर सुनारको पनि उपस्थिति रहेको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

Bajaj Pulsar Motorcycle Ad
एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम क्वालिफायरमा

लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम क्वालिफायरमा

न्यु डायमन्डमाथि पुलिसको जित

न्यु डायमन्डमाथि पुलिसको जित

अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित

अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित

पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

पोखरालाई काठमान्डुको चुनौतीपूर्ण लक्ष्य

पोखरालाई काठमान्डुको चुनौतीपूर्ण लक्ष्य

तीन वर्षपछि नेयमारको ह्याट्रिक

तीन वर्षपछि नेयमारको ह्याट्रिक

विश्वकप छनोट : ३० खेलाडी क्याम्पमा

विश्वकप छनोट : ३० खेलाडी क्याम्पमा