एरिका वर्षको सर्वोत्कृष्ट महिला खेलाडी
शुक्रबार, भदौ २८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन्।
शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनी वर्षको सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन्। उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पुरस्कार प्रदान गरे।
यो अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका थिए।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







