डिपो बास्केटबल प्रतियोगितामा १७ विद्यालय

धरान। तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपमा १७ विद्यालयले प्रतिस्पर्धा गर्ने भएको छ।
डिपो स्कुलको अयोजना तथा धरान बास्केटबल संघको व्यवस्थापनमा प्रतियोगिता भाद्र २७ गते देखि सुरु हुन लागेको हो।
प्रतियोगितामा आयोजक डिपो स्कुलसँगै धरान मेघा हिमालयन स्कुल, काम्रेल स्कुल, सुनाखरी स्कुल, युनाइटेड गोर्खा एकेडेमी, सियोन स्कुल, होलिल्यान्ड स्कुल, समिट स्कुल, विष्णु स्कुल, आइडल स्कुल, दिल्ली पब्लिक स्कुल, शत्यसिसु निकेतन, लोटस स्कुल, प्रभात स्कुल, हिमशिखर स्कुल तरहरा, प्याराडाइज स्कुल तरहरा, पूर्वाञ्चल इङ्लिस स्कुल तरहराले सहभागित जनाएको छ। सहभागी विद्यालयको प्रतिनिधिहरूको उपस्थितिमा सोमबार आयोजक डिपो स्कुलको बैठक हलमा खेल तालिका तयार गरिएको छ।
प्रतियोगिताको उद्घाटन खेल धरान मेघा हिमालयन स्कुल र लोटस स्कुलबीच हुनेछ। भाद्र २७ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल ३१ गते हुनेछ। कक्षा १० सम्मका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि)ले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।







-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)



