ज्ञानोदयको लगातार दोस्राे जित
बिहिबार, भदौ १३, २०८१खेलपाटी संवाददाता
-1724947387.jpeg&w=3840&q=75)
काठमाडौं। आयोजक ज्ञानोदय बालवाटिकाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार लगातार दाेस्राे जित हात पारेको छ।
ज्ञानोदयले पाठशाला, बागडोललाई ४६–३० ले पराजित ग¥यो। ज्ञानोदयका सफल याखाले १५ अंक जोडे। ब्वाइजमै चाँदबागले जेम्सलाई ३३–२२, मल्पीले रुपिजलाई ३७–५ र पुष्पसदनले भीएस निकेतनलाई ४८–३२ ले हरायो। चाँदबागका जेन्सन राईले ९, मल्पीका अश्रय चुकीले ८ र पुष्पसदनका मनीष गुरुङले २४ स्कोर गरे।
गल्र्समा चाँदबागले रुपिजलाई १८–१ तथा मल्पीले पाठशाला, बानेश्वरलाई १४–९ ले पाखा लगाए। चाँदबागकी अमौलिका खड्का र मल्पीकी अरेथा श्रेष्ठले समान १०–१० अंक बटुले।








copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)
