राशिदलाई चोट
बुधबार, ३० श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। अफगानिस्तानका अलराउन्डर राशिद खानले ‘द हन्ड्रेड’का बाँकी खेल गुमाउने भएका छन्।
चोटका कारण उनले प्रतियोगिताका बाँकी खेल गुमाउने ट्रेन्ट रकेटले जनाएको हो। उनको मांसपेशीमा समस्या देखिएको बताइएको छ।
राशिदले पाँच खेलमा ४४ रन बनाएका थिए। बलिङतर्फ उनले नौ विकेट लिए। क्लबले उनको स्थानमा अस्ट्रेलियाका क्यामरन ग्रिनलाई टोलीमा आबद्ध गरेको छ।
घाइते भएपछि राशिदले अर्को महिना न्युजिल्यान्डविरुद्धको टेस्ट खेल्ने गुमाउने सम्भावना पनि बढेको छ। यो टेस्ट शृंखला सेप्टेम्बर ९ देखि १३ सम्म हुने तय छ।













-1773655510163.jpeg&w=3840&q=75)
-1773650309203.jpeg&w=3840&q=75)
