बुधबार, असोज २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

बदनामका बीच ओलम्पिकमा उदाएकी बक्सर खेलिफ

शुक्रबार, साउन २५, २०८१खेलपाटी संवाददाता
बदनामका बीच ओलम्पिकमा उदाएकी बक्सर खेलिफ
Classic Tech Internet Ad

पेरिस। अल्जेरियाकी बक्सर इमान खेलिफले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला वेल्टरवेटमा स्वर्ण पदकका लागि स्थान पक्का गरेकी छन्।

अर्को एक जित हासिल गरे उनले अल्जेरियालाई बक्सिङमा दोस्रो स्वर्ण पदक दिलाउनेछ भने महिलातर्फ यो पहिलो स्वर्ण पदक हुनेछ। रोलान्ड गार्रोसमा मंगलबार राति भएको सेमिफाइनलमा उनले थाइल्यान्डकी जान्जेम सुवान्नाफेङलाई ५–० ले पराजित गरेकी थिइन्। खेलिफले पेरिसमा लगातार तीन बाउट जितेकी छन्। शुक्रबार चीनकी याङ लिउविरुद्ध हुने खेलमा उनले स्वर्ण या रजत पदक जित्नेछिन् ।

आलोचना र बदनामका बीच पनि पेरिस ओलम्पिकमा उदाएकी बक्सर हुन् खेलिफ। ओलम्पिकबाट प्रतिबन्धित अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबिए) ले उनलाई र चाइनिज ताइपेइकी लिन यु–तिङलाई योग्यता परीक्षणमा अनुत्तीर्ण भएको भन्दै गत वर्ष विश्व च्याम्पियनसिपमा अयोग्य घोषित गरेको थियो। पेरिस ओलम्पिकमा उनीहरूले सहभागी जनाएसँगै लैंगिक कुरालाई लिएर बहस सुरु भइसकेको थियो । 

यो छिटै अन्त्य हुने आकलन गरिएको थियो। तर, भइदियो उल्टो। यो पेरिस ओलम्पिकको सबैभन्दा ठूलो कथा बन्यो। सायद इतिहास मै कहिल्यै नमेटिने। तर, यसले रिङमा उनीहरू दुवैको प्रदर्शनमा कुनै नकारात्मक प्रभाव भने पारेन। जुन कुरालाई खेलिफ सकारात्मक रूपमा लिन्छिन्। ‘मलाई यसबारे कुनै वास्ता छैन,’ दोभासेमार्फत उनले भनिन्, ‘फाइनलका लागि म तयार हुन चाहन्छु। राम्रो स्तरको खेल प्रदर्शन गरेर सबैलाई मनोरञ्जन दिन चाहन्छु।’ 

कोर्ट फिलिप चट्रियरमा बनाइएको रिङमा पाइला टेक्नुअघि नै खेलिफले महिला बक्सिङमा अल्जेरियालाई पदक दिलाउने छाँटकाँट देखाइसकेकी थिइन्। त्यसपछि उनले सुवान्नाफेङसँग सम्हालिएर प्रदर्शन गरिन्। ‘मैले उनको बारेमा समाचार सुनेको थिएँ। तर, यसलाई नजिकबाट नियालिरहेको थिइनँ,’ सुवान्नाफेङले भनिनन्,‘उनी एक महिला हुन्। तर,  धेरै बलियो छिन्।’

पेरिससम्मको यात्रा तय गर्न उनले कुनै खेल गुमाउन परेन। दबाब पनि झेल्नु परेन। त्यसैले उनले अन्तर्राष्ट्रिय क्यारियरको सबैभन्दा महत्त्वपूर्ण प्रतियोगितामा सहजै स्थान बनाइन्। तर, पेरिस पुगेसँगै उनले अहिलेसम्मको सबैभन्दा दबाब महसुस गर्न पुगिन्। पेरिसमा पहिलो बाउट जितेसँगै उनलाई खेलकुदमा लैंगिक पहिचान र सुरक्षा नियमहरूको बारेमा विश्वव्यापी विभाजनको केन्द्रमा पुर्‍यायो। उनको पहिलो प्रतिद्वन्द्वी इटालीकी एन्जेला कारिनी थिइन्। 

खेलिफले प्रहार गरेको मुक्का निक्कै शक्तिशाली भएको र आफूलाई निकै पीडा भएको भन्दै ४६ सेकेन्डपछि आँसु झार्दै उनले रिङ छाडिन्। कारिनीले रिङ छाडेपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, ह्यारी पोटर लेखिका जेके रोलिङ र अन्यले खेलिफलाई पुरुष अथवा तेस्रोलिंगी भएको दाबी गरेका थिए। 
तर, कारिनीले पछि माफी मागिन्। 

एसोसिएटेड प्रेसका स्पोर्ट्स भिडियो पार्टनर एसएनटिभीलाई आइतबार दिएको अन्तर्वार्तामा आफूले सामना गरिरहेको घृणित जाँचको लहरले मानवीय गरिमामा आँच पुर्‍याएको उनले बताइएकी थिइन्। उनले खेलाडीमाथि हुने दादागिरी अन्त्य गर्न आह्वानसमेत गरेकी छन्। आफू वरपर कोलाहल मच्चाउनलाई सबैभन्दा राम्रो उपहार स्वर्ण पदक जितेर दिनु रहेको उनले बताइन्।

अब उनी यो उपहार दिन ठिक एक जित टाढा छिन्। सेमिफाइनलमा जित भएको घोषणासँगै उनले सुवान्नाफेङसँग अँगालो हालेकी थिइन्। त्यसपछि खेल भावनाको परम्पराअनुसार सुवान्नाफेङ रिङबाट बाहिरिने क्रममा उनले आफ्नो प्रतिद्वन्द्वीका लागि डोरीलाई टेकेर सहज वातावरण निर्माण गरिन्। समर्थन गर्न आएका समर्थकले चर्को स्वरमा हुटिङ गरेपछि उनी पुनः रिङमा दौडिन् र जितको उत्सव मनाइन् ।

जितपछि उनले मेडिकल जाँच गराइन्। लगत्तै उनी रोलान्ड ग्यारोस एरेनाबाट बाहिर निस्किँदै गर्दा समर्कथहरूले घेर्न पुगे। उनीहरूले खेलिफसँग अँगालो हाले, सेल्फी मागे। उनी भीड छिचोलेर अगाडी बढ्दै गर्दा समर्थकहरूले अल्जेरियाको झन्डा फहराउँदै जितको उत्सव मनाए। सुवान्नाफेङको सामना गर्न रिङमा प्रवेश गरेदेखि नै प्रसिद्ध टेनिस क्षेत्रमा खेलिफको नामको नारा गुन्जिएको थियो। 

दुवै खेलाडीले आक्रामक रूपमा देखाए। मुक्का हानाहान गरे। पहिलो राउन्ड जित्दा खेलिफले अधिक सटिक मुक्का प्रहार गरेकी थिइन्। उनले दोस्रोमा राउन्डमा पनि त्यही प्रदर्शनलाई निरन्तरता दिइन्। तेस्रो राउन्ड भने शारीरिक प्रतिस्पर्धा भयो। सुवान्नाफेङले पुनरागमन गर्ने प्रयास गर्दा लगातार खेलिफको टाउको मुक्का बर्साइन्। यद्यपि, यो हर्कत आवश्यक थिएन। ‘मैले आफ्नो गति प्रयोग गर्ने कोसिस गरें। तर, मेरो प्रतिद्वन्द्वी निकै बलियो थिइन्,’ उनले भनिन्।

२५ वर्षीया खेलिफ ओलम्पिकमा आफ्नो एमेच्योर करियरको उत्कृष्ट दौडमा छिन् । उनले अन्तर्राष्ट्रिय स्तरमा ठोस प्रदर्शन गरेकी छन् र केही क्षेत्रीय प्रतियोगिताहरू पनि जितेकी छन्। तर, पेरिसमा फाइनलमा पुगेकी उनले यसपल्ट खासै मिहिनेत गर्नुपरेन। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र यसका अध्यक्ष थोमस बाखले खेलिफ र लिनको ओलम्पिक योग्यताको बारम्बार बचाउ गर्दै आएको छ।

आइबिएले अक्षम्य र पक्षपातपूर्ण व्यवहार गरेको भन्दै निन्दा गरेका छन्। खेलिफ र लिनलाई आइबिएले गत वर्षको विश्व च्याम्पियनसिपको बीचमा महिला प्रतिस्पर्धाका लागि योग्यता परीक्षणमा असफल भएको भन्दै अयोग्य घोषित गरेको थियो। टोकियो ओलम्पिकअघिदेखि नै आइबिएलाई आइओसीले निष्कासन गरेको छ। 

लिनले पनि ओलम्पिकको फेदरवेटतर्फ सेमिफाइनलमा स्थान बनाएकी छन्। उनले मंगलबार राति टर्कीकी इस्रा यिल्दिज कहरमनसँग प्रतिस्पर्धा गरेकी हुन्।

चाइनिज ताइपेइले आइबिएको दाबीप्रति निन्दा गरेको छ। लगातार गलत सूचना प्रकाशन गरिरहेको, तथ्यलाई ओझेलमा पारेको र खेलाडीको हक हितलाई वास्ता नगरी प्रतियोगिताको सामान्य आचरणमा समेत हस्तक्षेप गर्न खोजेको आइबिएविरुद्ध कानुनी कारबाही गर्न आह्वान गरेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा प्रोफेसर पाण्डे नियुक्त

स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा प्रोफेसर पाण्डे नियुक्त

एसिया प्यासिफिक मोटर स्पोर्ट्स : नेपालका ६ खेलाडीबारे जान्नुहोस्

एसिया प्यासिफिक मोटर स्पोर्ट्स : नेपालका ६ खेलाडीबारे जान्नुहोस्

Bajaj Pulsar Motorcycle Ad
काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल

१५५औं वरीयताको देशमाथि अर्जेन्टिनाको ६ गोल

कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित

कतार, साउदी अरब, आइभरी कोस्ट र सेनेगलको विश्वकप टिकट सुरक्षित

रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

रोनाल्डो बने विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

युरोपबाट सबैभन्दा पहिले विश्वकपमा इङ्ल्यान्ड

युरोपबाट सबैभन्दा पहिले विश्वकपमा इङ्ल्यान्ड

नेपालको लगातार चौथो हार

नेपालको लगातार चौथो हार