बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

रिक्शन र सुस्मिता आइटिएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी

बिहिबार, २४ श्रावण २०८१खेलपाटी संवाददाता
रिक्शन र सुस्मिता आइटिएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी
mustang rice ad

काठमाडौं। बागमती प्रदेशका रिक्शन वाइबा र गण्डकी प्रदेशकी सुस्मिता थापा यस वर्ष नेपाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाल आइटिएफ तेक्वान्दो महासंघले आफ्नो २७औं वार्षिकोत्सवका अवसरमा यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसँगै प्रशिक्षक र जिल्लालाई पुरस्कृत गरेको हो। 

कोशीकी सजिना तामाङ यस वर्षको उदीयमान खेलाडीका रूपमा पुरस्कृत भइन्। महासंघले आफ्नो २७औं स्थापना दिवसका अवसरमा सामाजिक क्षेत्रमा विभिन्न गतिविधि पनि गरेको थियो। यस अवसरमा महासंघले मानव सेवा आश्रममा खाना खुवाउने, रक्तदान गर्ने र सरसफाइलगायत गतिविधि गरेको महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए।

महासंघले अन्तिम दिने भने वर्षभर उत्कृष्ट योगदान दिने खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई पुरस्कृत गरेको हो। यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड लुम्बिनीका कृष्ण थापामगरले प्राप्त गरे। महासंघले उदीयमान प्रशिक्षकका रूपमा मनोज पुलामी मगरलाई पुरस्कृत गरेको छ। 

उत्कृष्ट प्रदेश लुम्बिनी र उत्कृष्ट जिल्ला काठमाडौंले प्राप्त गर्‍यो। अवार्ड प्राप्त गर्ने खेलाडीलाई नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्य अञ्जन धमला र महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीलगायतले पुरस्कृत गरेका थिए।

महासंघका अध्यक्ष कार्कीले खेलकुदसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्य गर्दै आएको बताए। साथै लामो समयदेखि विभिन्न भूमिकाबाट आइटिएफ तेक्वान्दोको विकासमा योगदान दिँदै आएका तेक्वान्दोकर्मीलाई थप प्रोत्साहित गर्न सम्मान गरिँदै आएको कार्की भनाइ छ। 

सो अवसरमा मन्त्री गुरुङले खेल क्षेत्रको विकासको लागि पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए। खेलकुद क्षेत्रको विकासका लागि सरकारले कम प्राथमिकतामा राखेको मन्त्री गुरुङको भनाइ थियो। खेलक्षेत्रमा दक्ष जनशक्ति अभाव रहेको उल्लेख गर्दै उनले खेलमा भएका बेथिति र राजनीतिकरणको अन्त्य गर्नुपर्ने धारणा राखे।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Bajaj Pulsar Motorcycle Ad
‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली