गोवासँग भिड्दै आर्मी
बिहिबार, साउन २४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मीले एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कप २०२४ अन्तर्गत दोस्रो खेलमा एफसी गोवासँग प्रतिस्पर्धा गर्दैछ।
आर्मी पहिलो खेलमा आई लिग क्लब सिलोङ लाजोङ एफसीसँग १–० ले पराजित भएको थियो। जवाहरलाल नेहरू स्टेडियममा बिहीबार हुने खेलमा इन्डियन सुपर लिग (आइएसएल) क्लबविरुद्ध आर्मी पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।
यस्तै, गोवा भने आफ्नो सानदार लयलाई कायम राख्ने लक्ष्यसाथ मैदान उत्रिने छ। गोवाले समूह ‘एफ’ को पहिलो खेलमा रंगदाजीद युनाइटेडलाई ४–३ ले पराजित गरेको थियो।








-1761808270369.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)


