स्पेन पेरिस ओलम्पिकको फाइनलमा
मंगलबार, साउन २२, २०८१खेलपाटी संवाददाता
-1722913581.webp&w=3840&q=75)
काठमाडौं। स्पेन पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ।
सोमबार राति भएको सेमिफाइनल खेलमा मोरक्कोलाई २–१ ले हराउँदै स्पेन उपाधिनजिक पुगेको हो। ३७औं मिनेटमा सौफिअन रहिमीले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, ६५औं मिनेटमा फर्मिन लोपेजले गोल गर्दै स्पेनलाई खेलमा फर्काए। ८५औं मिनेटमा जुआन्लु सान्चेजले गोल गरेपछि स्पेन फाइनलमा पुग्यो।