नेपालको विजयी सुरूआत
बिहिबार, १७ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। आयोजक नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरूआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
पहिलो सेट नेपालले २५-१९ ले सहजै जितेको थियो। दोस्रो सेटमा नेपालले २५-१८ ले जित्यो। एक समय ४-४ को स्थिमा रहेको नेपालले लगातार ६ अंक जोडेको थियो । तेस्रो सेटमा पनि नेपालले संघर्ष गर्यो। ९-१७ ले पछि रहेको अवस्थामा नेपालले लगातार अंक जोड्दै खेल २५-१९ ले आफ्नो पक्षमा पार्यो।











-1768375783661.jpeg&w=3840&q=75)



-1768358228603.webp&w=3840&q=75)

