नेपाल दोस्रो खेलमा पनि पराजित
शनिबार, साउन ५, २०८१खेलपाटी संवाददाता
-1721437413.jpg&w=3840&q=75)
काठमाडौं। नेपाल काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा पनि पराजित भएको छ।
शुक्रबार भएको खेलमा नेपाल कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो।
नेपाल पहिलो सेटमा २७-२५ ले पराजित भएको थियो। दोस्रो सेट पनि प्रतिस्पर्धात्मक बनेको थियो। तर, नेपाल २५-२३ ले पराजित भयो। तेस्रो सेट २५-१७ ले सहजै आफ्नो पक्षमा पार्दै कीर्गिस्तानले ३-० को सेटमा खेल जित्यो।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको थियो। दुई खेलबाट नेपाल अंकविहिन छ। नेपालले लिगको अन्तिम खेलमा शनिवार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ।











copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)