युनाइटेड भित्रिए जिर्कजी
सोमबार, असार ३२, २०८१खेलपाटी संवाददाता
1720976382.jpg&w=3840&q=75)
काठमाडौं। नेदरल्यान्ड्सका फरवार्ड जोशुआ जिर्कजी म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्।
युरो कपमा डच टोलीमा रहेका जिर्कजीले थप एक वर्षको विकल्पसहित जुन २०२९ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन्।
२३ वर्षीय जिर्कजी गत सिजन बोलोग्नाका लागि सर्वाधिक गोलकर्ता थिए। इटालियन टोलीलाई पहिलो पटक च्याम्पियन्स लिगमा छनोट गराउन उनले मद्दत गरेका थिए।










-1763733911749.jpg&w=3840&q=75)




