उपाधिनजिक क्रेचिकोभा र पाओलानी
शुक्रबार, असार २९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। विम्बल्डनको महिला एकल उपाधिका लागि चेक गणतन्त्रकी बारबोरा क्रेचिकोभा र इटालीकी जस्मिन पाओलानी भिड्ने भएका छन्।
क्रेचिकोभा बिहीबार पूर्वविजेता एलेना रेबकिनालाई पराजित गर्दै उपाधिनजिक पुगेकी हुन्। उनले ३–६, ६–३ र ६–४ को सहज जित हासिल गरिन्।
उनी दोस्रोपटक ग्रान्ड स्लाम फाइनलमा पुगेकी हुन्। यसअघि उनले सन् २०२१ को फ्रेन्च ओपन जितेकी थिइन्।
यता, पाओलोनीले भने डोना भेकिचलाई २–६, ७–४ र ७–६ ले पाखा लगाइन्।






1686853912-1760864621059.avif&w=3840&q=75)





%20(2)-1761961917188.png&w=3840&q=75)



