सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुजा र दिपेशको जोडी अन्तिम चारमा

सोमबार, ३० पौष २०७५खेलपाटी संवाददाता
पुजा र दिपेशको जोडी अन्तिम चारमा
Loading ad...
mustang rice ad

मोरङ । एपिएफ क्लबका पुजा श्रेष्ठ र दिपेश धामीको जोडीले अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको मिक्स युगलतर्फ सेमिफाइनलमा स्थान बनाएको छ । 

सोमबार भएको क्वाटरफाइनलमा पुजा र दिपेशको जोडीले बिबिएका सिमा राजबंशी र सुजन श्रेष्ठको जोडीलाई २१ - १६, २१ -१२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । यस्तै एपिएफकै सुनैना मुखिया र गौतम कठायतको जोडीले सेनाका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई २१ - १२, २१ - १८ ले पाखा लगाउँदै सेमिफाईनलमा श्रेष्ठको जोडी संगको भेट पक्का गर्यो । 

यस्तै सेनाका अनुमाया राई र नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङ्गको जोडीले बिबिएका निता लम्साल र प्रनिश सिंह ठकुरीको जोडीलाई २१ - १०, २१ - १३ ले पराजित गर्दै सेमिफाईनलमा एपिएफका शोभा गौचन र बिजित थापा मगर संगको भेट पक्का गरे । शोभा र बिजितको जोडीले बिबिएका सूर्य श्रेष्ठ र धनमाया लिम्बुको जोडीलाई २१ - १४, २१ - १३ ले हराए ।

दूर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामद्वारा आयोजित प्रतियोगितामा अन्तराष्ट्रिय बिजेता प्रिन्स दाहालले आफ्नो बिजयी यात्रालाई कायम राख्दै क्वाटरफाईनलमा एपिएफका गौतम कठायतलाई २३ - २१, २१ - १३ ले पराजित गर्दै सेनाका रुकेश महर्जन संगको भेट पक्का गरे ।

रुकेशले पुलिसका बिष्णु कटुवाललाई २१ - १४, ११ - २१, २१ - १६ ले पाखा लगाए । यसैगरि सेनाका प्रफुल महर्जनले एपिएफका बिजित थापा मगरलाई २१ - १५, १५ - २१ र २२ - २० को कठिन जित निकाले । अव प्रफुलले एपिएफका सुनिल जोशी संगको भेट पक्का गरेका छन् । सुनिलले पुलिसका जीवन आचार्यलाई २१ - १४, १७ - २१, २१ - १४ ले पन्छाउन सफल भए ।

भेट्रान्स युगल तर्फको खेलमा बिराटनगरका जीवन बोगटी र खोटाङ्गका दीपक राईको जोडीले धनकुटाका दीपक लामा र कुमार दाहालको जोडीलाई २२ - २०, २१ - १७ले, पोखराका रमेश भट्टचन र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडीले लक्ष्मी मार्गका सन्तोष राई र पदम धिमालको जोडीलाई १७ - २१, २१ - ८, २१ - १३, र धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले ईटहरीका सुरेश कार्की र श्याम लामाको जोडीलाई २१ - १७, २१ - १५ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए । अर्को एक जोडी बिराट ब्याडमिन्टन क्लबका संजय भक्तराज र के.बि. गुरुङ्ग पनि सेमिमा स्थान बनाउन सफल भए । के.बि. गुरुङ्ग एक हात नभएका अपाङ्ग खेलाडी हुन् ।

पुरुष युगल तर्फ एपिएफका दिपेश धामी र बिजित थापामगरको जोडीले दमकका प्रकाश राई र सुदेन राईको जोडीलाई २१ - १३, २१ - १४ ले पराजित गर्दै सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी संग सेमिफाईनल भेट पक्का गरे । महर्जन जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरीका जोडीलाई २१ - १३, २१ - ११ हार चखाए ।

यसैगरि सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सूर्य श्रेष्ठ र रविन साउदेनको जोडीलाई २१ - १४, २१ - १७ ले हराउँदै सेमिमा पुगे । रत्नको जोडीले अव फाईनल प्रवेशका लागि एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडी संग प्रतिस्पर्धा गर्नेछन् । गौतम र सुनिलको जोडीले पुलिसका बिष्णु कटवाल र जीवन आचार्यको जोडीलाई १३ -२१, २१ - १८, २२ - २० ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा