घाटामा युनाइटेड
बिहिबार, असार २८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले यस वर्षको जनवरीदेखि मार्चसम्मको अवधिमा ७१.४ मिलियन पाउन्ड (९१.४ मिलियन अमेरिकी डलर) घाटा व्यहोरेको छ।
क्लबको पछिल्लो वित्तीय विवरण बुधबार सार्वजनिक गरिएको हो। क्लबको २७.७ प्रतिशत सेअर जिम र्याटक्लिफलाई बिक्री गर्दा ३०.३ मिलियन पाउन्ड खर्च गरेको छ। जसमा अमेरिकी फर्म राइनलाई तिर्नुपर्ने परामर्श शुल्क पनि समावेश छ।
गत वर्षको सोही तीन महिनाको अवधिमा भएको ५.६ मिलियन पाउन्डको नोक्सानीसँग यो घाटाको तुलना गरिएको छ । च्याम्पियन्स लिगको समूह चरणबाट अघि बढ्न नसकेपछि युनाइटेडको घाटा बढेको थियो।
युनाइटेडको कुल सञ्चालन खर्च गत वर्ष १५ प्रतिशतले बढेर २० करोड ३७ लाख पाउन्ड पुगेको थियो। जसमा कर्मचारी खर्चमा ९१.२ मिलियन पाउन्ड समावेश थियो।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


