सन्दीप र दीपेन्द्रले एउटै टोलीबाट ग्लोबल ट्वान्टी-२० खेल्ने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एउटै टोलीबाट ग्लोबल ट्वान्टी-२० क्यानडा खेल्ने भएका छन्।
उनीहरूलाई भ्यानकुभर नाइट्सले भित्र्याएको हो। दीपन्द्रले यसअघि भएको तेस्रो संस्करणको ग्लोबल ट्वान्टी–२० लिग खेलेका थिए। ड्राफ्टमार्फत उनी मोन्ट्रियल टाइगर्समा अनुबन्धित भएका थिए। वेस्ट इन्डिजका आन्द्रे रसेल, कार्लोस ब्राथवेट तथा शेरफेन रदरफोर्ड र बंगलादेशका शकिब अल हसनजस्ता विश्वप्रसिद्ध खेलाडीले भरिएको टोलीलाई उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
६ इनिङमा २८.६० को औसत र १०२.१४ को स्ट्राइक रेटमा उनले १४३ रन बनाएका थिए। यस्तै, तीन इनिङमा ६ ओभर बलिङ गर्दै २१.०० को औसत र ७.०० को इकोनोमीमा ४२ रन खर्चिंदै दुई विकेट लिएका थिए। सन्दीपले भने सरे जाग्वार्सबाट खेलेका थिए। तर, फाइनलमा सरे मोन्ट्रियल टाइगर्ससँग पाँच विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
सन्दीप र दीपेन्द्र रहेको टोलीमा पाकिस्तानी टोलीका कप्तान बाबर आजम रहेका छन्। उनीबाहेक मोहम्मद रिजवान, मोहम्मद आमिर र रुबेन ट्रम्पलम्यान पनि यही टोलीमा छन्।





%20(1)-1777447778534.jpeg&w=3840&q=75)









