• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नवलपुरको लगातार दोस्रो जित
खेलपाटी संवाददाता
मंगलबार, असार ४, २०८१ खेलपाटी संवाददाता
नवलपुरको लगातार दोस्रो जित

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट समूह ‘बी’को खेल रोचक मोडमा पुगेको छ । समूह ‘बी’को भोली (बुधबार) स्याङजा र नवलपुरकाबीच हुने खेल रोचक मोडमा पुगेको हो ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी मंगलबारको पहिलो खेल भारी वर्षाका कारण रद्ध भएसँगै बलियो मानिएको स्याङजाले पर्वतसँग अंक बाँडन बाध्य भएको छ भने दोस्रो खेलमा नवलपुरले गोरखाविरुद्ध १२५ रनले जित निकालेको छ ।

नवलपुरले लगातार दुबै खेल जित्दै चार अंकका साथ समुहमा पहिलो स्थान बनाएको छ भने स्याङजा एक जित र एक खेलमा बराबरी गरी ३ अंकका साथ दोस्रो स्थानमा छ । अंक तालिकामा पर्वतले एक अंक जोडेको छ भने गोरखा अंकविहिन छ ।

बुधबारको खेलले नै घरेलु टोली कास्कीसँग उपाधि भिडन्तमा को पुग्ने भन्ने टुङ्गो लाग्ने भएसँगै भोली हुने खेल रोचक हुने छ । समुह ‘बी’को पहिलो खेल नवलपुर र स्याङजा फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछन् भने पर्वत र गोरखा प्रतिष्ठाको लागि खेल्नेछन् ।

दुई ओभर घटाइएको मंगलबारको खेलमा टस जितेर ब्याटिङ गरेको नवलपुरले गोरखा विरुद्ध ६ विकेट गुमाउँदै १८ ओभरमा १७८ रन बनायो । जसमा ओपनर प्रमिश अर्यालले विस्फोटक पारीको सुरुवात गर्दै ६० बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए भने सुदिप अर्यालले १५ बलमा ३ छक्का प्रहार गर्दै २७ रनको व्यक्तिगत योगदान दिए । यसै गरी रिजन काफ्लेले १४ बलमा २१ रन, दिपक डुम्रेले १० र कमल परियारले १२ रन टिमका लागि जोड्दा नवलपुरले अतिरिक्त १७ रन समेत पाएको थियो ।

गोरखाका लागि बलर मेहुल श्रेष्ठले चार ओभरमा ५३ रन दिएर तीन विकेट लिए भने प्रशिद्ध बज्रचार्यले दुई विकेट हात पार्दा सुनिल गुरुङले एक विकेट लिए ।

यता जवाफी व्याटिङका लागि मैदानमा उत्रिएको गोरखा भने १५.३ ओभरमा सबै १० विकेट गुमाउँदै ५३ रन मात्रै बनाउन सक्यो । गोरखाका लागि मेहुल श्रेष्ठले सर्वाधिक १२ रनको योगदान दिए भने गौरव पौडेलले ११ र पंकज पाण्डेले १० रनबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

गोरखा लाई सस्तैमा समेट्न पवन सापकोटाले २.३ ओभरको स्पेलमा १० रन दिएर ३ विकेट लिए भने कमल परियारले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । त्यस्तै स्वीकार श्रेष्ठले २ र सुदिप अर्यालले १ विकेट हात पारे । खेलमा प्रमिश अर्याल खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
रञ्जित बेन्चमा
रञ्जित बेन्चमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP