आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

पहिलो दिन दिनेश शीर्षस्थानमा, तोरण र एमेच्योर सुमन एक स्ट्रोकले पछि

मंगलबार, ०४ असार २०८१खेलपाटी संवाददाता
पहिलो दिन दिनेश शीर्षस्थानमा, तोरण र एमेच्योर सुमन एक स्ट्रोकले पछि
Loading ad...
mustang rice ad

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन दिनेश प्रजापति ७- अन्डर ६५ को स्कोरमा शीर्षस्थानमा रहेका छन्। 

उनले तोरणविक्रम शाही र एमेच्योर सुमन परियारलाई एक स्ट्रोकले पछि पारे। गोकर्ण गल्फ क्लबमा मंगलबार तोरण र सुमनले ६- अन्डर ६६ को स्कोरमा संयुक्तरूपमा दोस्रो स्थान बाँडे। 

डिफेन्डिङ च्याम्पियन सुवास तामाङ, भुवन नगरकोटी र एमेच्योर सद्धभाव आचार्य ४- अन्डर ६८ सहित संयुक्तरुपमा चौथो स्थानमा रहे। ३- अन्डर ६९ को स्कोरमा एमेच्योर विजय श्रेष्ठ आइन्हाउस सातौं र अर्का एमेच्योर वाङचेन ढोन्डुप २- अन्डर ७० सहित आठौं स्थानमा छन्। १- अन्डर ७१ स्कोर खडा गरेका रवि खड्का, निरज तामाङ, धनबहादुर थापा र सञ्जय लामा तथा एमेच्योर तेन्जिङ पाल्देनले संयुक्तरूपमा नवौं स्थान बाँडे। 

पहिलो दिन उत्कृष्ट स्कोर निकाल्ने क्रममा दिनेशले बोगीरहित ७- अन्डरको स्कोर दर्ज गरे। सात बर्डी प्रहार गरेका दिनेशले सुरूवात राम्रो गरे। दोस्रो, तेस्रो, चौथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन ४- अन्डर ३२ मा सकाए। यसपछि ब्याक नाइनमा पनि यही लयलाई निरन्तरता दिए। १३औं, १४औं र १७औं होलमा पनि एक-एक सर्ट बचाए। उनले ब्याक नाइन ३-अन्डर ३३ मा पूरा गरे। 

तोरणले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। दोस्रो होलमा एक सट खेर फाले भने तेस्रो होलमा बर्डी प्रहार गरे। यसपछि ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे। १०औं, १३औं, १५औं र १७औं होलमा बर्डी प्रहार गरे। ५-पारको पाँचौ होलमा इगलको सफलता हात पार्दै ब्याक नाइन ६-अन्डर ३० मा सकाए। 

एमेच्योर सुमनले उत्कृष्ट सुरूवात गर्दै फ्रन्ट नाइन ५-अन्डर ३१ मा सकाए। उनले तेस्रोदेखि छैटौं होलमा लगातार चार बोगी प्रहार गरे। आठौं होलमा पनि एक सर्ट बचाए। यसपछि दशौं होलमा एक सट खेर फाले भने ११औं र १३औं होलको बर्डीले ब्याक नाइन १- अन्डर ३५ मा सकाए। पुरस्कार राशीको आधारमा सिजनकै ठूलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्। 

१५ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले दुई लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमश: एक लाख ७५ हजार र एक लाख २२ हजार प्राप्त गर्नेछन्। यस्तै, चौथो र पाँचौ हुनेलाई एक लाख दुई हजार र ८० हजार प्रदान गरिनेछ। दुई दिनको खेलपश्चात् कट लागु हुनेछ। ३६ होलको समाप्तीमा उत्कृष्ट २१ र टाइमा पर्ने खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन्। एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ। 

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपअन्तर्गत प्रो-एम प्रतियोगिता शनिबार हुनेछ। जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित