काठमाडौं। न्युजिल्यान्ड क्रिकेट टोलीका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ट्रिनिडाड मैदानमा वर्षाले प्रभावित खेलमा पपुवा न्यू गिनीलाई ७ विकेटले पराजित गर्दै टी–२० विश्वकपबाट बिदा लिएका छन्।
न्युजिल्यान्ड सुपर ८ मा पुग्न नसकेका कारण बोल्टले यसअघि नै सन्न्यासको घोषणा गरिसकेका थिए । विश्वकपमा उनको प्रदर्शन स्तरीय थियो। उनले अफगानिस्तानविरुद्ध २२ रन दिएर २ विकेट, वेस्ट इन्डिजविरुद्ध ३–१६, युगान्डाविरुद्ध २–७ र पपुवा न्यू गिनीविरुद्ध २–१४ को आँकडा प्रस्तुत गरे। अर्थात् विश्वकपमा उनले १६ ओभर बलिङ गर्दै ५९ रन खर्चेर ९ विकेट लिए।
पपुवा न्यू गिनीलाई ९६ मा समेटेपछि बोल्टले भने, 'मैले धेरै भविष्यवाणी गरेको छैन तर विश्वकपमा यो मेरो अन्तिम खेल हो। मैले साउथीसँग करिब १२ वर्ष खेलेँ । मैदान बाहिर उनी मेरो नजिक छन्। म उसलाई मिस गर्नेछु। हामीले प्रतियोगिता अघि धेरै कुरा गर्यौं तर दुःखको कुरा हामीले राम्रो खेल्न सकेनौं।'