सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि

सोमबार, असार ४, २०८१खेलपाटी संवाददाता
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि
Classic Tech Internet Ad

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुने भएको छ । ७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म हुनेछ । 

१५ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले दुई लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ७५ हजार र एक लाख २२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, चौथो र पाँचौ हुनेलाई एक लाख दुई हजार र ८० हजार रुपैयाँ प्रदान गरिनेछ । २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्ने गर्ने आयोजकले जनाएको छ ।

पुरस्कार राशीको आधारमा सिजनकै ठूलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरको सहभागिता रहने पीजीए नेपालका महासचिव दिपक आचार्यले जानकारी दिए । दुई दिनको खेलपश्चात कट लागु हुनेछ । ३६ होलको समाप्तिमा उत्कृष्ट २१ र टाइमा पर्ने प्रोफेसनल खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन् । एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ । 

यो सिजनको अन्तिम प्रतियोगितापश्चात् सिजन अवधिभर कूल पुरस्कार रकम प्राप्त गरेको आधारमा नम्बर एक गल्फरको होडमा अहिले भुवन नगरकोटी सबैभन्दा अगाडि रहेका छन् । उनी धरानका निरज तामाङभन्दा एक लाख १८ हजार ८ सय ७५ रूपैयाँले अगाडि छन् । भुवनले यो सिजनको सात प्रतियोगिता सकिँदा पाँच लाख ६६ हजार ८ सय ७५ रुपैयाँ पुरस्कार कमाएका छन् । उनले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए ।

निरज तामाङ चार लाख ४८ हजारसहित मनि लिडर तालिकामा दोस्रो स्थानमा छन् । उनले यो सिजन सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए । सूर्य नेपाल म्याच प्ले जितेका दिनेश प्रजापति तीन लाख ७२ हजारसहित तेस्रो स्थानमा छन् । सूर्य नेपाल च्यालेन्ज जितेका रवि खड्का तीन लाख ७२ हजार रुपैयाँसहित चौथो र दुई लाख ६० हजार सात सय २५ रुपैयाँसहित सञ्जय लामा पाँचौं स्थानमा रहेका छन ।

मनि लिडरहरूलाई डिफेन्डिङ च्याम्पियन सुवास तामाङले चुनौती प्रस्तुत गर्ने सम्भावना उच्च छ । एमेच्योर गल्फर रहँदा सुवासले कुल पाँच उपाधि जितेका छन् । यो सिजन प्रो बनेपछि उनको यो घरेलु टुरमा दोस्रो प्रतियोगिता हो । यो सिजन सात मध्ये दुई प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन र सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसीप जितेका एमेच्योर गल्फर सदभाव आचार्य पनि प्रमुख दाबेदार हुन् । उनले यो सिजन सात प्रतियोगिताको समाप्तिमा कुनै पनि प्रोले भन्दा बढी उपाधि जितेका छन् । 

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको प्रो–एम शनिबार हुनेछ । २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

पुलिसको जितमा मिनाको ५ गोल

पुलिसको जितमा मिनाको ५ गोल

 ए डिभिजन लिग यस वर्ष नहुने

ए डिभिजन लिग यस वर्ष नहुने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड