काठमाडौं। बंगलादेशले आइसिसी ट्वान्टी- २० विश्वकपमा नेपाललाई १०७ रनको लक्ष्य दिएको छ।
किंग्सटाउनस्थित ओर्नोस वेल ग्राउन्ड, सेन्ट भिन्सेन्टमा टस जितेर पहिला ब्याटिङ थालेको बंगालदेशले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको हो।
बंगलादेशका शकिब अल हसनले सर्वाधिक १७ रन बनाए। २२ बल खेलेका उनले दुई चौका प्रहार गरे। महमुदुल्लाह १३, रिशाद हुसेन १३, जाकर अली १२ र लिटनकुमार दास १० रनमा आउट हुँदा तस्किन अहमद १२ रनमा अविजित रहे।
नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानेले समान दुई विकेट लिए।
आइसिसी विश्वकपअन्तर्गत बंगलादेशविरुद्धको खेलमा जाकर अली र तनजीम हसन साकिबको विकेट लिँदै उनले एक सयको कोसेढुंगा पूरा गरेका हुन्।