• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कास्की र तनहुँको लगातार जित
खेलपाटी संवाददाता
शनिबार, असार १, २०८१ खेलपाटी संवाददाता
कास्की र तनहुँको लगातार जित

पोखरा। गण्डकी प्रदेशस्तरीय ट्वान्टी–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार जित निकालेका छन्।

पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन पनि कास्की र तनहुँले आ–आफ्नो खेल जितेका हुन्। शनिबारको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दीविरुद्ध सहज सात विकेटले जित निकाल्दा तनहुँले बागलुङविरुद्ध कठिन जित निकालेको छ। जितका लागि १२४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम दुई बल बाँकी हुँदा तनहुँले जित निकालेको हो।  

पहिलो खेलमा म्याग्दीले टस जितेर ब्याटिङको इनिङ्सको सुरुआत गर्दै १८.५ ओभरमा १० विकेट गुमाउँदै ७५ रनमा समेटियो। कास्कीका कृष्ण पौडेलको धारिलो बलिङमा म्याग्दी चार जनालाई पेभिलियन फर्काए। म्यान अफ द म्याचसमेत रहेका कृष्णले ३.३ ओभरको बलिङ स्पेलमा १७ रन दिएर चार विकेट हात पारे। म्याग्दीका लागि केशव साउदले २७ बलमा १६ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। म्याग्दीको इनिङ्समा कास्कीले २२ एक्स्ट्रा रन दिएको थियो।

कास्कीका लागि सिब्रिन श्रेष्ठ र विश्वास पराजुलीले समान २–२ विकेट लिए भने विपिन खत्री र आदित्य थापाले १–१ विकेट लिए। यता, कास्कीका लागि जवाफी ब्याटिङ गर्दै अर्जुन कुमालले ३१ बलमा ५ चौका प्रहार गर्दै ३६ रन बनाएर नटआउट रहे भने अर्का ओपनर सोहेल कुँवर भने शून्य रनमा आउट भए। 

तीन बलको सामना गरेका सोहेल आयुष खत्रीको बलमा विशाल आचार्यको हातबाट क्याच आउट भए। कास्की सिब्रिन श्रेष्ठ १० बलको सामना गर्दै एक छक्का र दुई चौकाको सहयोगमा १६ रनको योगदान दिए। ११ बल खेलेका रोहित चन्द एक छक्का र एक चौका प्रहार गर्दै व्यक्तिगत २१ रन बनाए। तर आयुष सैंजु भने एक रनमा पेभिलिएन फर्किए। बागलुङका केशव साउदले १५ रन खर्चिएर २ विकेट लिए।

दोस्रो खेलमा टस जितेर तनहुँले बागलुङलाई पारीको सुरुआत गर्न निम्तो दियो। बागलुङले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२३ रन बनायो। बागलुङको पारी सुरुवातमा नै दबाबमा पर्‍यो। ओपनरद्वय अर्जुन रायमाझी १ र किसन सुनार शून्यमा आउट भएका थिए। तेस्रो क्रममा बागलुङका लागि इनिङ्स सम्हाल्दै कप्तान आराश तामाङले ३० बलको सामना गर्दै ५ चौका र एक छक्काको सहयोगमा व्यक्तिगत ३५ रनको योगदान दिए। चन्द्रदीप यादवले २५ रन बनाए। उनले समान २ चौका र २ छक्का प्रहार गरे। टिमका लागि अनिश जिशीले १६ रनको योगदान दिँदा विवेक नेपालीले १७ रन जोडे।

तनहुँका लागि कृश ऐरले ३ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए भने चन्द्रकान्त पौडेलले २ विकेट लिए। यता, तनहुँ जितका लागि १२४ रन पछ्याउँदा अन्तिम ओभरको चौथो बलमा जितको यात्रा तय गर्‍यो। खेल १९.४ ओभर सम्म आइपुग्दा तनहुँले ८ विकेट गुमाइसकेको थियो। 

उपहारको रूपमा तनहुँले २४ रन एक्स्ट्रा पायो भने ब्याट्सम्यानहरूले खेलमा १ सय रन जोडेका थिए। खेलमा म्यान अफ द म्याचसमेत रहेका चन्द्रकान्त पौडेलले टिमका लागि सर्वाधिक २२ रनको योगदान दिए। सदित्य बन्जाराले १९ र समीर कँडेलले १५ रन मात्रै जोडे। तनहुँका सदित्य र इशान श्रेष्ठ रिटायर्ड हर्ट हुँदै पेभिलिएन फर्किएका थिए। इशानले ३ रन मात्रै जोडे। बागलुङका लागि आश्विन थापाले २ विकेट लिए।

यो जितसँगै कास्की र तनहुँले समान ४–४ अंक बटुलेका छन् भने म्याग्दी र बागलुङ जितको प्रतीक्षामा छन्। आइतबार कास्की र तनहुँका बीचमा पहिलो खेल र दोस्रो खेल बागलुङ र म्याग्दीका बीचमा हुनेछ।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनोटसमेत रहेको प्रतियोगितामा विजेता टिमलाई १ लाख र उपविजेता टिमलाई ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए। यसैगरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गतेसम्म सञ्चालन हुनेछ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
आराममा छ लिभरपुल !
आराममा छ लिभरपुल !
‘यमल युग’ सुरु हुँदै
‘यमल युग’ सुरु हुँदै
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP