• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
भारतका शातलाई नेपाल एमेच्योर ओपनको उपाधि 
खेलपाटी संवाददाता
शुक्रबार, जेठ १८, २०८१ खेलपाटी संवाददाता
भारतका शातलाई नेपाल एमेच्योर ओपनको उपाधि 

काठमाडौं । भारतका शात मिश्राले नेपालका सदभाव आचार्यलाई ४ स्ट्रोकले हराउँदै १० औं नेपाल एमेच्योर ओपनको उपाधि जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा शुक्रबार सम्पन्न खेलको तेश्रो तथा अन्तिम दिन शातले ३–ओभर ७५ खेल्दै समग्रमा ८–अन्डर २ सय ८ को स्कोर खडा गरे।

नेपालका सदभावले शुक्रबार ३–अन्डर ६९ खेले र समग्रमा ४–अन्डर २ सय १२ को स्कोरमा दोस्रो स्थान हासिल गरे।

डिफेन्डिङ च्याम्पियन भारतका सुमित कोटवालले ५–अन्डर ६७ सहित समग्रमा ३–अन्डर २ सय १३ सहित तेस्रो स्थानमा समेटिए।

अन्तिम १८ होलको सुरूवात गर्दा शात नेपालका राहुल विश्वकर्मा भन्दा ६ स्ट्रोकले अगाडि थिए। राहुलले चार होलको समाप्तीमा अग्रता तीन स्ट्रोकमा झारिसकेका थिए। तर यसपछि राहुलले सातौं र नवौं होलमा डबल बोगीको सामना गर्दा आठौं होलमा पनि एक सट खेर फालेपछि उपाधि जित्ने सम्भावना समाप्त भएको थियो।

शातले भने फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए। तेस्रो र सातौं होलमा एक–एक सट बचाउँदा दोस्रो, चौथो र आठौं होलमा बोगी प्रहार गरे। ब्याक नाइन २–ओभर ३८ मा सकाए। १२औं होलको बर्डी विरूद्ध १३औं, १४औं र १७औं होलमा बोगी खेपे।

सदभावले शुक्रबार फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे भने सातौं होलमा इगलको सफलता प्राप्त गरे। आठौं होलमा डबल बोगीको सामना गरे। यसपछि ब्याक नाइनमा चार वटा बर्डी प्रहार गरे। ११औं, १३औं, १४औं र १८औं होलमा एक–एक सट बचाए। तर १२औं, १६औं र १७औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन १–अन्डर ३५ मा सकाए।

सुमितले तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दै २–अन्डर ३४ मा फ्रन्ट नाइनको खेल सकाए। बोगी फ्री स्कोर निकालेका उनले ११औं, १४औं र १६औं होलमा एक–एक सट बचाउँदै ब्याक नाइन ३–अन्डर ३९ मा पुरा गरे।

महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले शुक्रबार ४–अन्डर ६८ सहित समग्रमा ६–अन्डर २ सय १० को शानदार स्कोरमा भारतकी दिया क्रिस कुमारलाई ११ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधि जितिन्। १–ओभर ७३ मा अन्तिम दिनको खेल पुरा गर्दै समग्रमा ५–ओभर २ सय २१ सहित दिया दोस्रो भइन। ५–ओभर ७७ को स्कोर बनाएकी अनाथी विवेक समग्रमा १२–ओभर २ सय २८ सहित तेस्रो भइन्।

कायाले पहिलो, तेस्रो र छेटौं होलमा बर्डी र चौथो होलको डबल बोगीले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाइन। १०औं र १४औं होलमा बर्डी र ११औं होलको इगलको सफलता प्राप्त गरिन्। १२औ होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरिन्। अनाथीले दोस्रो होलको बर्डी र छैटौं होलको बोगीले फ्रन्ट नाइन इभन–पार ३६ मा पुरा गरिन्। यसपछि १३औं होलमा बोगी तथा १६औं र १८औं होलको डबल बोगीले ब्याक नाइन ५–ओभर ४१ मा पुरा गरिन्।

५४ होल तीन दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच राष्ट्रका पुरूषतर्फ ५२ र महिलातर्फ १३ गरी कुल ६५ खेलाडीले सहभागिता रहेको थियो। नेपाल गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंङ्गीको सहयोग रहेको थियो।

विजयी खेलाडीहरुलाई युवा तथा खेलकूद मन्त्री विराज भक्त श्रेष्ठ तथा संघीय सांसद निशा डांगीले पुरस्कार प्रदान गरे। मन्त्री श्रेष्ठले सरकार र नेपाल गल्फ संघ मिलेर गल्फलाई नयाँ ऊचाईमा पुर्याउने तर्फ काम भईरहेको बताए।

उनले गल्फ कोर्षको लागि छिट्टै जग्गा उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको विजेतालाई  ‘सुनको बल’
बाह्रखरी गल्फको विजेतालाई ‘सुनको बल’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP