साबाको दुई गोलसँगै मियामी पराजित
बिहिबार, जेठ १७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। साबा लोब्जिनेद्जेले दुई गोल गरेसँगै अमेरिकी सकर लिगमा एटलान्टा युनाइटेडले इन्टर मियामीलाई पराजित गरेको छ।
चेस स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा एटलान्टाले मियामीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। खेलको ४४औं मिनेटमै साबाले गोल गर्दै एटलान्टालाई सुरुआती अग्रता दिलाए।
उनले ट्रिस्टन मुयुम्बाको पासमा गोल गरे। ५९औं मिनेटमा ब्रूक्स लेननको पासमा साबाले दोस्रो गोल गरे। तर, ६२औं मिनेटमा लिओनल मेसीले गगोल गर्दै मियामीलाई २-१ को स्थितिमा फर्काए। उनले सर्जियो बुस्केट्सको पासलाई सदुपयोग गरे।
तर, ७३औं मिनेटमा कालेब विलीको पासमा जमाल थियारेले गोल गर्दै एटलान्टालाई ३-१ को सहज जित दिलाए। जितसँगै २२औं स्थानमा उक्लिएको एटलान्टाले १५ खेलबाट १६ अंक जोडेको छ। पराजित मियामी १७ खेलबाट ३४ अंकसहित शीर्षस्थानमा यथावत् छ।







-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)



