तेक्वान्दो खेलाडीको बिदाइ
आइतबार, ३० बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। भियतनाममा हुने आठौँ एशियान पुम्से तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका छन् । यही जेठ १ र २ गते सञ्चालन हुने प्रतियोगितामा ४० वर्ष मुनीको उमेरसमूहको व्यक्तिगत पुम्सेमा आयसा शाक्यले प्रतिस्पर्धा गर्नेछिन्।
३० वर्ष मुनीको जोडी तथा व्यक्तिगत पुम्सेमा निशा दर्नाल र अश्मिन राउतले भाग लिने छन् । विश्व तेक्वान्दो तथा एशियन तेक्वान्दो युनियनले आयोजना गरेको प्रतियोगितामा भाग लिन खेलाडीहरू आइतबार राति नै त्यसतर्फ प्रस्थान गर्नेछन् ।












-1764668485959.png&w=3840&q=75)

-1764662383271.webp&w=3840&q=75)
